बागलुङ : कोरोन भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी अञ्चल अस्पतालमै उपचार हुने भएको छ। उनलाई शनिबार मध्यराती  अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट आइसोलेशन वार्डुमा ल्याएको छ। अस्पतालको आइसोलेशन वार्डुमा राखेर उपचार गर्न लागिएको स्वास्‍थ्‍य कार्यालय बागलुङले जनाएको छ । घरमै आइसोलेशनमा बसेको भनिएपनि लापरबाही गरेको भन्दै स्थानीयले स्थानीय प्रशासन गुहारेपछि उनलाई मध्यराती नै अस्पताल पुर्याइएको हो । उनको अवस्था सामान्य रहेकाले अञ्चल अस्पतालको आइसोलेशन वार्डुमा राखेर उपचार गर्न थालिएको हो।


ADVERTISEMENT


बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया ती युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार पुष्टि भएको थियो।  कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा झरेकी उनी सोही दिन नै बागलुङ आइपुगेकी थिइन्‌।


ADVERTISEMENT

# # #


जिल्ला विपद्‌ व्यवस्थापन समितिको बैठकले सुरूमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउने भनिएपनि क्षेत्रीय अस्पताल पोखरा पठाउनेबारे छलफल गर्दै अन्तिममा अञ्चल अस्पतालमा नै उपचार गर्ने निर्णय गरेको हो। संक्रमित युवतीलाई थप समस्या भएमा पोखरा वा काठमाडौं पठाइने भएको छ।