भक्तपुर  – मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ ।


ADVERTISEMENT


नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै कोरोना सङ्क्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सक सहितको टोलीलाई तयारी अवस्थामा राखेको छ ।


ADVERTISEMENT

# # #


विदेशबाट आएका नागरिकको पहिचान गरि उनीहरुको घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन सुरु गरेको छ । ‘मध्यपुरथिमिमा विदेशबाट फर्किएका प्रत्येक नागरिकको पहिचान गर्दै घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर ज्वरो नाप्ने, ट्राभल हिस्ट्रीदेखि सबै डाटा लिने गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

विदेशबाट फर्किएकालाई होम क्वारेन्टाइनमा राखेको जानकारी दिँदै उनले शंकास्पद व्यक्ति आए उपचार गर्न आइसोलेसनदेखि डाक्टरको टोली तयारी अबस्थामा राखेको जानकारी दिए । नगरपालिकाले अहिलेसम्म वडा नं। ५, ६ र ९ मा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरि स्वास्थ्य परीक्षण गरेको छ भने विदेशबाट फर्किएका अन्य वडाको पनि खोजी एवं लगन संकलन सुरु गरेको छ ।