लमजुङ _ अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा रहेका २४ पर्यटकको उद्दार गरेर पोखरा पठाइएको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई प्रहरी, स्थानीय तह र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको सहयोगमा उद्दार गरिएको हो ।


ADVERTISEMENT


माथिल्लो मनाङ, माथिल्लो पिसाङ, तल्लो पिसाङ, ङावल, चामे लगायत ठाउँबाट पर्यटकलाई उद्दार गरी पोखरा पठाएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #