काठमाडौं – विश्वब्यापी संकटका बेला मनोवैज्ञानिक त्रासबाट मुक्तका हुनका लागि सकारात्मक चिन्तनमा समय व्यतित गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । त्रिबि शिक्षण अस्पातालका मनोचिकित्सक डा सगुनबल्लभ पन्तले यो अवस्था आफु बलियो भएर परिवारका सदस्यहरुलाई पनि नकारात्मक सोचबाट मुक्त गर्न सुझाव दिएका हुन् ।


ADVERTISEMENT


डा पन्तले त्यसका लागि मनोरञ्जन र योग साधना तथा पढ्ने बानीको विकास गर्न आग्रह गरेका छन् । कठिन परिस्थितीमा नागरिकले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने अहिलेको पहिलो आवश्यकता रहेको उनको भनाई छ । आफू सुरक्षित रहन र आफ्नालाई समेत स्वस्थ्य र सुरक्षित राख्न उनले आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #