सन्तोष कोईराला, सीईओ, माछापुच्छ्रे बैंक

अत्यावश्यक सेवाका रुपमा ग्राहकहरुका लागि बैंकहरु सिमित रुपमा दिउँसो ११ देखि २ बजे सम्मलाई खोलिरहेका छौं । लक डाउनको यो समयमा पैसा नभएका कारणले ग्राहकलाई अफ्ठ्यारो नपरोस भनेर प्रशासनसंगको समन्वयमा हामीले सेवा सुचारु गरिरहेका छौं ।


ADVERTISEMENT


यो बेला मास्क, स्यानिटाईजर लगायत सुरक्षाका सबै प्रबन्धहरु अपनाएर स्टाफहरुलाई काममा लगाएका छौं । स्टाफहरुले रोटेशनमा काम गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


ग्राहकहरु त्यतिधेरै नआए पनि ईमर्जेन्सि काम पर्ने ग्राहकहरु आईरहनु भएको छ । ट्र्यान्ज्याक्सन कम छ तर पनि ग्राहकहरुको सेवाका लागि हामी उपस्थित भई नै रहेका छौं ।

यो बेला बैंकमै आएर भन्दा पनि सके सम्म बैंकका डिजिटल प्रोडक्टहरु, एटिएम, मोवाईल बैंकिङ, ई – बैंकिङ प्रयोग गर्न म आग्रह गर्न चाहन्छु । आउनै नपर्ने अवस्था सम्म बैंकका शाखाहरु सम्म नआईकन नै बैंकले उपलब्ध गराएका डिजिटल माध्यमहरुबाट सेवा लिनुहोस् । अत्यावश्यक नै परेको खण्डमा हाम्रा खोलिएका शाखाहरु सम्म सुरक्षित भएर आउनुहोस् र सेवा लिनुहोस् ।

हामीले हाम्रा सेवा र सुरक्षित हुने सम्बन्धमा सामाजिक सञ्जालहरु मार्फत पनि जानकारी गराईरहेका छौं । ती पढेर पनि सूसुचित हुनुहोस् ।
म पनि कार्यालय आएर सबै शाखा तथा देशै भरीका बैंकका कार्यालयहरुमा भईरहेका गतिबिधिहरु र कामहरुका बारेमा समन्वय र निगरानी गरिरहेको छु ।

संक्रमणको यो बेला सके सम्म कम भन्दा कम स्टाफबाट काम होस् भनेर राष्ट्र बैंक र सरकारको निर्देशन पालना गरेर हामीले काम गरिरहेका छौ ।

हाम्रा ग्राहक तथा सबै नेपालीहरुका लागि कोरोना भाईरसको संक्रमणबाट बँच्न सामाजिक दूरी कायम राखौं । अत्यावश्यक काम नपरे सम्म घरबाट बाहिर ननिस्कौं । घरमा बस्दा पनि पुस्तक पढ्ने, मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने, सञ्चार माध्यमलाई प्रयोग गर्दै लक डाउनको समयलाई बढी भन्दा बढी सदुपयोग गरौं भन्न चाहन्छु ।

आफुँ सुरक्षित बन्दै अरुलाई पनि सुरक्षित बनाउँ ।

(सीईओ कोईरालासंग हिमालय पोष्टले गरेको टेलिफोन संवादमा आधारित)