मनोज ज्ञवाली, सीईओ, ज्योति विकास बैंक

लक डाउनको समयमा बैंकहरु खोलेर सेवा दिने भन्ने कुराले हामी सबै अलर्ट भएर नै सेवाका लागि बसेका छौं । अन्य रुपमा यो समय पढ्ने अनि नयाँ नयाँ बिषयबस्तुहरुको खोजि गर्ने नै हो । यो बेला सामाजिक सञ्जालमा कनेक्ट भएर हामी बसिरहेका छौं । राष्ट्रबैंकको लामो सर्कुलर पनि आएको छ । यही पढ्ने काम पनि भईरहेको छ ।


ADVERTISEMENT


लक डाउनको समयमा बैंकका बढी शाखाहरु सञ्चालन गरेर भन्दा पनि सके सम्म कम शाखाबाट कम भन्दा कम मानिसहरु पढाएर सेवा दिँदा राम्रो हुन्छ ।


ADVERTISEMENT

# # #


यतिबेला लक डाउनलाई समर्थन गरेर यस्लाई सफल बनाउनुको बिकल्प छैन । लक डाउनबाट नै हामीले कोरोनाको चेन ब्रेक गर्नैपर्छ । अमेरिका र ईटाली लक डाउन नगरेकाले समस्यामा छन् । झन नेपालमा त यो फैलियो भने बिकराल अवस्था आउन सक्छ । यसर्थ हामी सबै नेपालीहरु मिलेर जो जहाँ छौं त्यहीँ बसेर कोरोनाको चेनलाई ब्रेक गरौं ।

हामी सबै अलर्ट भएर सुरक्षित भएर बसौं ।

जीवन रहे सबै बाँकि रहन्छ । आफ्नो जीवनसंग अरुको जीवन पनि जोडिएको छ यतिबेला । आफ्नो मात्रै होईन परिबार समाज र सिँगो बिश्वलाई नै सुरक्षित राख्न सबै सुरक्षित भएर बसौं ।

(सीईओ ज्ञवालीसंग हिमालयपोष्टले गरेको टेलिफोन संवादमा आधारित)