सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुली दुधौलीका प्रमुख एसएसपी सन्दिप भण्डारीले केन्द्रका प्रहरी निरीक्षक विनोद कुमार सुनुवारलाई फाल्गुन महिनाको उत्कृष्ट प्रहरी छनोट गरेका छन् ।


ADVERTISEMENT


प्रहरी कर्मचारीहरुको मनोबल उच्च गराई कार्य क्षमता अभिवृद्धि गर्ने उदेश्य बमोजिम कार्यालयले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई कदर गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


एसएसपी भण्डारीले ईन्सपेक्टर सुनुवारलाई कदर पत्रद्वारा सम्मानित गरेका छन् ।

कार्यालयमा प्रहरी अधिकारीहरुको मनाबल, कार्यक्षमता र व्यक्तिरत्व विकासका लागि उत्कृष्ट छान्दै पुरस्कृत गरिएको र यस्ले केन्द्रको प्रभावकारिता र स्वयम पुरस्कृत हुने प्रहरीको समेत आत्मसम्मान बढेर काममा प्रगति हुने एसएसपी भण्डारीले बताएका छन् ।