एजेन्सी– कोरोना भाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ।


ADVERTISEMENT


चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ।ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए। राष्ट्रिय स्तरमा आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेका छन्। आफ्नो प्रशासनले आपतकालीन आपूर्तिबारे बिग्रिएको प्रणाली बिरासतमा पाएको उनले बताए।


ADVERTISEMENT

# # #


संसारमा पाँच लाख नाघ्यो
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ। फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।

संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।