प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको अस्पताल स्रोतले बताएको छ ।


ADVERTISEMENT


दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।  २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


ADVERTISEMENT

# # #