काठमाडौँ– प्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता बिमलेन्द्र निधिलाई कार्यबाहक सभापति दिएर पाँच दिने भारत भ्रमणमा गएका छन्।


ADVERTISEMENT


भारतको औपचारिक भ्रमणमा जानुअघि पार्टीभित्र तीन वटा महत्वपूर्ण निर्णय गरेका देउवाले निधिलाई आफ्नो अनुपस्थितीमा कार्यबहाक सभापतिको हैसियतले काम गर्न गराउन सबै अधिकार दिएका हुन्।


ADVERTISEMENT

# # #


देउवाका हरेक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका निधिलाई पहिलो पटक विदेश भ्रमणमा जाँदा देउवाले कार्यबहाक सभापतिको जिम्मेवारी दिएका हुन्।

त्यसैगरी प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पार्टी विधान अनुसार केन्द्रीय सदस्य रमेश रिजाललाई अनुशासन समितिको संयोजक नियुक्त गर्दै सदस्यहरुमा सुरेन्द्र पाण्डे, हृदयराम थानी, कमला पन्त र उमाकान्त चौधरीलाई समितिको सदस्यमा नियुक्त गरेका छन्।

यसका साथै लामो समयदेखि रिक्त रहेका केन्द्रीय सदस्यमा चारजना नेताहरुलाई नियुक्त पनि गरेका छन्।

केन्द्रीय सदस्यमा नियुक्त हुनेहरुमा पाल्पाका हरिप्रसाद नेपाल, वाराका राधेचन्द्र यादव, काठमाडौंका ध्यानगोविन्द रञ्जित र मोरङका अमृत अर्याल छन्।

पार्टी विधान अनुसार देउवाले अझै ५ जना सदस्यहरुको मनोनयन गर्न बाँकि छ।