बाग्लुङ – धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचारका लागि आएका एक बिरामीमा कोरोना सङ्क्रमणको आशङ्का भएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट नेगेटिभ आएको छ । यही चैत ६ गते अस्पताल आएका ती बिरामीको लक्षण कोरोनासँग मिल्ने भएकाले छुट्टै विशेष निगरानीमा राखेर परीक्षणसहित परामर्श गरिएको थियो ।


ADVERTISEMENT


कोरोनाको आशङ्कामा उक्त व्यक्तिको चैत १० गते स्वाबको नमूना सङ्कलन गरी काठमाडौँस्थित टेकु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रमा पठाइएको थियो । उक्त व्यक्तिको रिपोर्ट नर्मल(नेगेटिभ) आएको धौलागिरि अञ्चल अस्पताल बाग्लुङका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भारतको पटनाबाट आएको हुनाले कोरोना आशङ्कामा स्वाब परीक्षणका पठाइएको भए पनि कोरोना नलागेको रिपोर्ट आफूले एसएमएसबाट प्राप्त गरेको डा पोख्रेलको भनाइ छ । यस्तै कुडुलेकी एक जनाको पनि स्वाब पठाइएकामा रिपोर्ट आउन दुई दिन लाग्ने उनले बताए । कोरोना आशङ्का गरिएका उक्त व्यक्तिलाई घर फिर्ता पठाउने तयारी अस्पतालले गरेको छ ।

रिपोर्टमा कोरोना नदेखिए पनि उनलाई घरमा छुट्टै बस्नका लागि आग्रह गरिएको छ । रासस