काठमाडौँ – भूमिकास्थान नगरपालिका–१० धनचौरले भारतबाट घरमा भित्रिएकाको तथ्याङ्क सङ्कलन शुरु गरेको छ ।


ADVERTISEMENT


भारतबाट कोरोनाको त्रासका कारण घरमा आएका खुलेआम गाउँघरमा हिँडडुल तथा भेटघाट गर्न शुरु गरेपछि होम क्वारेन्टाइनमा राख्न वडा कार्यालयले तथ्याङ्क सङ्कलन शुरु गरेको वडाध्यक्ष खगेश्वर पन्थीले बताए ।


ADVERTISEMENT

# # #


वडा सदस्य र महिला स्वास्थ्य स्वयंसेविकालाई धनचौर स्वास्थ्य चौकी इञ्चार्ज शिवप्रकाश जिसीले कोरोनासम्बन्धी प्रशिक्षण प्रदान गरी महिला स्वास्थ्य स्वयंसेविकालाई तथ्याङ्क सङ्कलनमा खटाइएको हो । प्रशिक्षण कार्यक्रममा वडा सदस्य जनक गैरे, टामलाल भट्टराई, गङ्गा रेश्मी, स्थानीय इश्वरी मरासिनीलगायतले मन्तव्य राख्दै सत्यतथ्य डाटा सङ्कलनमा सहयोग गर्ने बताएका थिए ।

करेन्ट लागेर एकको मृत्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–८ माझमेलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्यूठान जिल्ला झिमरुक गाउँपालिका गहतेरा घर भएका १८ वर्षीय मधु जिसीको करेन्ट लागेर मृत्यु भएको हो ।

मृतक जिसीले मालारानी गाउँपालिकाको मामाघरमा बसेर स्थानीय सिद्धार्थ माध्यमिक विद्यालय मालारानीमा कक्षा १० मा अध्ययन गरी अहिले एसइईको तयारी गरिरहेको स्थानीय इन्द्र रेग्मीले बताए । खम्बामा चढेर विद्युत्को लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका जिसीको उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । रासस