विराटनगर – कोभिड–१९ को सङ्क्रमण एवं रोकथामका लागि विराटनगर महानगरपालिकाले मङ्गलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात् लक डाउन गर्ने निर्णय गरिएको महानगर प्रमुख भीम पराजुलीले बर्ता । खाद्यान्न, औषधि, खानेपानी, विद्युत्, एम्बुलेन्ससेवालगायत अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख पराजुलीले बताए ।


ADVERTISEMENT

# # #


सुरक्षाका लागि नगरवासीले स्वयम् लक डाउन गरेको बुझ्न उनले आग्रह गरे । उद्योग धन्दा कलकारखाना तथा बजार, पसल तथा यातायातका साधन बन्द भए पनि अति आवश्यक पसल भने खुला रहने छन् । विराटनगर लक डाउन भए पनि बिरामीलाई अस्पताल लानुपरेमा वा मरिमराउको अवस्थामा यातायातको साधन प्रयोय गर्न सकिने उनले बताए । अति आवश्यक कामबाहेक घरबाट बाहिर हिँलडुल नर्गन नगरवासीलाई महानगरपालिकाले आग्रह गरेको छ ।

सङ्कटका बेलामा कालाबजारी नर्गन व्यापारीलाई आग्रह गरिएको छ । केहि समस्या आएमा सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको साथमा रहेकाले कसैलाई नआत्तिन महानगरपालिकाले अनुरोध गरेको छ । रासस