काठमाडौँ – कोभिड –१९ रोकथामका लागि काठमाडौँ उपत्यकाको बढी भीडभाड हुने १६ स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT


विश्वमा महामारीका रूपमा फैलिएको उक्त रोग लाग्न नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाको बढी भीडभाड हुने स्थानमा हात धुने व्यवस्था मिलाएको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा ट्याङ्की नै राखेर हात धुने व्यवस्था मिलाइएको जानकारी दिए । साबुनपानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको रायानुसार सर्वसाधारण नागरिकको सहजताका लागि उक्त कार्य गरिएको उनले बताए ।

उनका अनुसार रत्नपार्क, बानेश्वर, गौशाला, सिनामङ्गल, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताललगायत ठाउँमा हात धुने व्यवस्था मिलाइएको छ । यस्तै थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भीडभाड हुने र जोखिम बढी हुने स्थानमा सोमबार पानीको व्यवस्थापन गरिने जनाइएको छ । रमसस