धनगढी – घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ श्ययाको आइसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT


कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घण्टाभित्र वडा नं १ स्थित एक घर भाडामा लिइ आइसोलेन वार्ड बनाउने भएको हो । कार्यपालिका बैठकले १३ श्ययाको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको नगरप्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रमुख चौधरीले आइसोलेसन वार्ड निर्माणका साथै नगरपालिकाका मुख्य चार स्थानमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागिएको बताए । नगर प्रमुख चौधरी संयोजक रहेको १७ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरिएको छ । रासस