काठमाडौँ – भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गतेका लागि तोकिएको छ ।


ADVERTISEMENT


सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा केहीबेर अघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी बिहीबार गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको सतर्कता अपनाउने सन्दर्भमा बैठकको मिति अर्को साता बस्नेगरी सारिएको हो । कोरोनाको जोखिमलाई दृष्टिगत गरी गत बिहीबारदेखि उक्त सभाको बैठक स्थगन भएको छ ।