काठमाडौं – नोटबाट कारोबार गर्दा कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयमता अपनाउन आग्रह गरेको छ ।


ADVERTISEMENT


सकेसम्म नगद रहित कारोबार गर्न वा गरेपनि सफा गरेर सिक्काको कारोबार गर्न डब्लुएचओले आग्रह समेत गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आएका छन् ।

कोरोना भाईरस श्वासप्रश्वासको माध्यमबाट फैलिन्छ भनेर धेरैले सुरक्षाको विधि अपनाउन खोजे पनि मोबाइल, नोट, क्रेडिट कार्ड जस्ता माध्यममा भने धेरै सचेत बनेको पाईँदैन । जानकारहरु मोबाइलको प्रयोग गर्दा समेत समय समयमा सफा गरेर मात्रै गर्न आग्रह गर्छन् । विश्व स्वास्थ्य संगठनले समेत यसबारेमा सचेत रहन आग्रह गर्दै आएको छ ।