काठमाडौं-  कोरोना संक्रमणका कारण क्वारेन्टाइनमा रहने कामदारको बिदा उसले वर्षमा पाउने नियमित बिदाबाट कटौती गर्न नपाइने निर्णय मलेसिया सरकारले गरेको छ । वार्षिक बिदा कामदारको अधिकारको विषय भन्दै त्यहाँको मानव संसाधन मन्त्रालयले वार्षिक बिदाबाट कटाउन नपाउने बताएको हो ।


ADVERTISEMENT


मलेसियामा निरन्तर दुईवर्ष काम गरेको कामदारले वार्षिक १४, दुईदेखि पाँच वर्ष काम गरेकाले १८ र पाँच वर्षभन्दा बढी काम गरेका कामदारले २२ दिन बिदा पाउने व्यवस्था छ । मान्यताप्राप्त चिकित्सकको प्ेरसक्रिप्सनविना कामदारलाई कार्यस्थलमा प्रवेश वा काम गर्न प्रतिवन्ध लगाउन नपाइने भन्दै मन्त्रालयले क्वारेन्टाइन अवधिमा कामदारलाई तलबी बिदा नदिने रोजगारदातालाई कानूनी कारबाही गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #