काठमाडौँ – सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न नपाइने भएको छ ।


ADVERTISEMENT


बैठकले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सिट क्षमताभन्दा बढी यात्रु नबोक्न यातायात व्यवसायी र सर्वसाधारण नागरिकलाई अनुरोध गरेको हो । सार्वजनिक सवारी चलाउनु अघि प्रत्येक दिन सफा गर्नु पनि समितिले आग्रह गरेको अर्थ, सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अब सार्वजनिक यातायातका सवारीधनीलाई यातायात साधन चलाउनुअघि प्रत्येक दिन समयसमयमा सवारी साधनलाई सफा गर्न लगाउनाका साथै होटल, रेष्टुराँ तथा सपिङ मलमा हात सफा गर्नेलगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबुल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमितरुपमा सफा गर्न लगाइनेछ । साथै तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गरिनेछ ।

यस्तै बैठकले मानिसको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिकरुपमा निश्चित समयको अन्तरालमा सरसफाइ गर्नुपर्ने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्ने उनको भनाइ छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी र मिसावट गर्ने÷गराउनेलाई तत्काल प्रचलित कानूनबमोजिम कारवाही गरिनेछ, दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री खरीद र अनावश्यक सञ्चय नगर्न अनुरोध गर्दछौँ ।” यसको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ ।