सर्लाही – जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित २ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका–१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय राम प्रताप यादव रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीले ज ३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।