काठमाडौँ – सामाजिक क्षेत्रमा अग्रणी भूमिकाका लागि ‘दुःखको साथी नेपाल’ स्थापना भएको छ ।


ADVERTISEMENT


समाजका विद्यामान तथा भविष्यमा आइपर्ने विभिन्न समस्याहरुविरुद्ध सामाजिक एकताको भावनाले साथ दिनका लागि समाजसेवी जया पोखरेलको नेतृत्वमा विराटनगरमा उक्त संस्थाको यात्रा अघि बढेको हो ।


ADVERTISEMENT

# # #


समाजमा असल काम गरेर देखाउनका लागि ‘दुःखको साथी नेपाल’को स्थापना गरिएको संस्थाकी अध्यक्ष पोखरेलले हिमालयपोष्टलाई बताइन् । ‘यो संस्थालाई हामीले स्वस्फूर्त रुपमा सञ्चालन गर्नेछौँ ।’ उनले भनिन्, ‘कुनै व्यक्तिगत लोकप्रियता कमाउनका लागि नभई समाजमा असल काम गरेर देखाउनका लागि यो संस्था खोलेका हौँ ।’ अध्यक्ष पोखरेलले संस्थालाई देशको दुखको साथीकै रुपमा कर्मले उचाईमा पूर्याउने उद्घोष गरेकी छन् ।

संस्थाले गर्ने कामको आर्थिक भार संस्थाका सदस्यले नै ब्यहोर्ने उनले स्पष्ट पारिन् । केही योजनामा सरकारी र अन्य निकायबाट पनि सहयोग लिन सकिने उनले बताइन् ।

‘दुःखको साथी नेपाल’का सल्लाहकार पर्शुराम बस्नेतले संस्थाको हरेक हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । उनका अनुसार संस्थाको स्थापनाको अवसरमा विराटनगरमा तीनवटा महत्वपूर्ण काम सुरु भएका छन् । क्यान्सर पीडित पत्रकार कमल पौडेललाई आर्थिक सहयोग, सरसफाई र स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछन् । सत्तारुढ दलका युवा नेता समेत रहेका बस्नेतले विकास र समृद्धिको गन्तव्यमा पुग्न घर समाजबाट नै परिवर्तन जागृत हुनुपर्ने बताउँदै त्यसको नेतृत्व दुखको साथी नेपाल जस्ता सामाजिक संस्थाहरुले गर्नुपर्ने भन्दै शुभकामना दिए ।

संस्थाको उपाध्यक्षमा भुपाल राई, महासचिव बासु नेपाल, सचिव उज्ज्वल प्रसाई र कोषाध्यक्षमा करुणा दाहाल रहेका छन् । यस्तै, सदस्यहरुमा रजनकुमार उपाध्याय, सुरजबहादुर श्रेष्ठ, मनोजबिक्रम शाह, कुश थापा, प्रह्लाद न्यौपाने, र खिनामाया निरौला छन् ।

संस्थाले प्रतिष्ठित व्यक्तित्वहरुलाई सल्लाहकारका रुपमा आमन्त्रण गरेको छ । संस्थाका सल्लाहकारहरुमा संघीय सरकारका उद्योगराज्यमन्त्री माृेती दुगड, नेकपा केन्द्रीय सदस्य विनोद ढकाल, नेकपा युवा नेता पर्शुराम बस्नेत, उद्योग संगठन मोरडका उध्यक्ष भीम घिमिरे, बिराटनगर महानगरपालिकाका वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, शिक्षासेवी भगवान थापा, उद्योगी देवकिसन मुन्दडा, प्याप्सनका राष्ट्रय अध्यक्ष टिकाराम पुरी लगायत प्रमिला राउत, विदुर शर्मा, न्यू सृष्टि दैनिकका प्रकाशक प्रधानसम्पादक शंकर खरेल रहेका छन् ।