काठमाडौँ – भारतले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नका लागि सार्क राष्ट्रबीच आपतकालीन कोष खडा गर्न प्रस्ताव गरेको छ ।


ADVERTISEMENT


आइतबार कोरोनाविरुद्ध रणनीति बनाउन सार्क राष्ट्रका नेतृत्वबीच गरिएको भिडियो कन्फेरेन्समा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले आपतकालमा सार्क राष्ट्रका जुनसुकै राष्ट्रले प्रयोग गर्न मिल्ने गरी कोभिड १९ आपतकालीन कोष खडा गर्न प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले उक्त कोषमा १० मिलियन अमेरिकी डलर योगदान गर्न तयार रहेको बताए । ‘म प्रस्ताव गर्छु कि यस महामारीबाट बच्नका लागि कोभिड १९ आपतकालीन कोष खडा गरौँ । जसमा हामी सबै स्वेच्छिक योगदान गर्न सक्छौँ ।’ मोदीले भने, ‘भारत यसमा १० मिलियन अमेरिकी डलर योगदान गर्न तयार छ ।’

कोरोनाविरुद्ध तत्काल एक्सन लिनका लागि सार्कका जुनसुकै राष्ट्रले यो कोष प्रयोग गर्न सक्ने मोदीले बताए ।

सम्बन्धित समाचार :
कारोनाविरुद्ध रणनीति बनाउन सार्क नेतृत्वको भिडियो कन्फेरेन्स (लाइभ)