एजेन्सी – विश्वकै चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आपीएल) स्थगित भएको छ ।


ADVERTISEMENT


भारतीय क्रिकेट बोर्ड बीसीसीआईले मार्च २९ देखि सुरु हुने भनिएको आइपीएलको १३ औँ संस्करण विश्वभर फैलिएको कारोना भाइरसको त्रासका कारण अप्रिल १५ सम्मका लागि स्थिगित गरेको हो ।


ADVERTISEMENT

# # #


भारतीय सरकारले कोरोना भाइरसका कारण कुटनीतिकबाहेक सबै किसिमका भिसा १३ मार्चदेखि लागू हुनेगरी अप्रिल १५ सम्मका लागि रद्द गरेपछि आइपीएलमा ८ फ्रेन्चाइज टिमबाट खेल्ने ६० विदेशी खेलाडीको सहभागिता नहुने पक्का भएको थियो ।

कतिपयले विदेशी खेलाडी र दर्शक बिना नै खाली स्टेडियममा आइपीएल सुरु हुने अनुमान गरेका थिए । तर, फ्रेन्चाइज टिमले विदेशी खेलाडीबिना खेल्न नमानेपछि आइपीएल केही पछि धकेलिएको हो ।