काठमाडौँ– शिखर धवनले शतकीय पारी खेलेपछि पाहुना टोलि भारतले श्रीलंकाविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा जित हासिल गरेको छ । आइतबार राती डम्बुलामा धवन प्रेणित खेलमा भारतले घरेलु टोली श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


जितसँगै भारतले घरेलु टोलिबिरुद्धको पाँच खेलको एक दिवसिय सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि भारतले श्रीलंकाविरुद्धको टेष्ट क्लिन स्विप गरेको थियो ।


ADVERTISEMENT

# # #


श्रीलंकाले जितको लागि दिएको २१७ रनको लक्ष्य भारतले २९ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा ओपनर शिखर धवनले अविजित रहँदै १३२ रनको शतकीय पारी खेले । म्यान अफ दी म्याच धवनले ९० बलमा २० चौका र ३ छक्का प्रहार गरे । ओपनर रोहित शर्मा मात्र ४ रनमा गुमाएको भारतको लागि कप्तान विराट कोहलीले पनि अविजित ८२ रन बनाए । कप्तान कोहलीले ७० बलमा १० चौका र १ छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर २ बलमा अलआउट हुँदै २१६ रन बनाएको थियो । श्रीलंकाका लागि ओपनर निरोशन डिवेलाले ७४ बलमा ८ चौकासहित ६४ रन्को अर्धशतकीय पारी खेले । डिवेलाले पहिलो विकेटका लागि दनुस्का गुनाथिलकासँग ७४ रनको साझेदारी गरेका थिए । गुनाथिलकाले ३५ रन बनाए ।

यस्तै कुशल मेन्डिस र एंन्जोलो म्याथुजले समान ३६–३६ रन जोडे । भारतका लागि अक्षर पटलले ३ तथा जसप्रित ब्रुमा, केदार जादव र युजभेन्द्र चहालाले २–२ विकेट लिए ।