काठमाडौँ — गृह मन्त्रालयले कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव गरेको पाइएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


कोरोना भाइरस( कोभिड–१९) को जोखिम बढेकाले सचेत रहन आग्रह गर्दै मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरेको छ । यसका साथै बढी भिडभाड हुने सभा, सम्मेलन, भेला, कार्यक्रम स्थगित गर्न आह्वान गरेको छ।


ADVERTISEMENT

# # #


 

शरीरमा रंग, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले होलीमा विगतजस्तै भिडभाड नगर्न पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ।