-डा. भागवत आचार्य

यो जिन्दगी बाँच्ने एक्लै, मर्ने पनि एक्लै
यथार्थमा मान्छे जिउनु रैछ एक्लै एक्लै ।


ADVERTISEMENT


सुखमा त साथी जुट्छन्, टुटे भइयो एक्लै
मित्र भन्नू केही छिनको घामछाया लै लै
खुसी एक्लै हुनु पर्ने, दुु:ख भोग्नु एक्लै
यथार्थमा मान्छे जिउनु रैछ एक्लै एक्लै ।


ADVERTISEMENT

# # #


सच्चा साथी मनकै घाम भरे स्नेह माया
जति रहुन् साथीहरू आफ्ना दायाँ बायाँ
जाँदो रैछ साथ साथ मनैको आर्जन
जोड्या भए साथ जाने मनमै रैछ धन ।

मानमा एक्लै, शानमा एक्लै धनमा नि बेग्लै
यथार्थमा मान्छे जिउने रैछ एक्लै एक्लै ।