काठमाडौं – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ । यही चैत्र १ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै स्थगित भएको हो ।


ADVERTISEMENT


प्रतियोगिता लागि सहभागी टिमहरुले वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल, ड्वेन स्मिथ, श्रीलंकाका उपल थरंगा लगायतका ठूला विदेशी खेलाडी समेत अनुबन्धन गरिसकेका थिए । तर, कोरोनाका जोखिमका कारण अयोजकले प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


खेलाडी र प्रशंसकको सुरक्षालाई मध्येनजर गर्दै प्रतियोगिता स्थगित गरिएको इपीएलका प्रमुख अमिर अख्तरले जनाएका छन् । ‘विगत ६–७ महिनादेखि हामीले अक्सन, विदेशी खेलाडी अनुबन्धनदेखि विभिन्न क्षेत्रमा तयारी गरेको थियौँ’ उनले भने, ‘तर, पछिल्लो समय विश्वमा नै फैलिएको कारोना भाइरसको जोखिमलाई हेर्दै लिग स्थगित गर्नुपरेको छ ।’