मकवानपुर – प्रहरीले ६ किलो सुनसहित एक्जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकल पक्राउ परेका हुन् ।


ADVERTISEMENT


मंगलबार बिहान काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ख ७८७२ नम्बरको यात्रुबाहक बस जाँच गर्दा अनेकलबाट ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ मूल्य बराबरको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार अब्दुलले बोकेको झोलाबाट फलामको ब्यरिङहरु बरामद गरी काटेर हेर्दा सो भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको
सुन फेला परेको हो ।

पक्राउ परेका अब्दुललाई बरामद सुन सहित थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।