दाङ, – थरुहट थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको दुई दिने आम हड्तालका कारण आज दाङ लगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । विहानैदेखि शैक्षिक संस्था, कलकारखाना, व्यापार, व्यवसाय र यातायात प्रभावित भएका छन् ।


ADVERTISEMENT


केही फाटफुट यातायातका साधन चलेपनि नियमित चल्ने सार्वजनिक सवारी साधन बन्द छन् । थारु समुदायमाथि बर्षौंदेखि हुँदै आएको विभेद्, असमानता, उत्पिडन र संविधानका अन्तरवस्तुसँग सम्बन्धित १४ बुँदे मागहरु राखी संघर्ष गर्दै आएकोमा सरकारले सुनुवाई नगरेपछि दवावस्वरुप आज र भोलि देशव्यापी आमहड्ताल आह्वान गरिएको मोर्चाका महासचिव तुलसी थारुद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।


ADVERTISEMENT

# # #