काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै मिगौला प्रत्यारोपण गराउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । सोमबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री आफ्नै देशका चिकित्सकद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा नेपालमा उक्त सुविधा नभए पनि दोस्रो पटक प्रत्यारोपणको सुविधा लिन पाउँदा गौरवान्वित महसुस गरेको बताएका छन् । ‘पहिलो पटक मैँले २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यसबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन ।’ उनले भने, ‘यस पटक आफ्नै देशका अनुभवी चिकित्सकहरुद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पनि छु ।’


ADVERTISEMENT

# # #


यस्तै प्रधानमन्त्री ओलीले विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण पहिलेजस्तो जटिल नभएकाले यसपटकको प्रत्यारोपण तुलनात्मक रुपमा सजिलो हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका थिए । तर, मिर्गौलामा पुनः समस्या आएपछि प्लाज्माफेरोसिसबाट उपचार गर्न गत साउन-भदौमा सिंगापुरमा २ साताबढी बसेका थिए ।

प्लाज्माफेरोसिसबाट पनि सकारात्मक नतिजा नआएपछि प्रधानमन्त्री नियमित हेमोडायलासिस गर्दै आएका थिए । हेमोडायलासिस पनि उपयुक्त हुने नदेखिएपनि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।