काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने युवालाई सात दिन हिरासतमा राखिने भएको छ ।


ADVERTISEMENT


सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले जुम्लाका २१ वर्षीय रतन तिरुवामाथि अभद्र मुद्दामा सात दिनको म्याद थप गरेको हो । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा सम्बोधन सकेर मञ्चमा फर्किनेक्रममा रतनले दर्शकदीर्घाबाट जुत्ता प्रहार गरेका थिए । यद्दपी जुत्ता प्रचण्ड भएको ठाउँसम्म भने पुगेको थिएन ।


ADVERTISEMENT

# # #


घटना लगत्तै प्रहरीले तिरुवालाई पक्राउ गरेको थियो ।