एजेन्सी –  केलियन एम्बाप्पे चम्किएको खेलमा लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजीले) शानदार जित आत्मसाथ गरेको छ । शनिबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा डिजोनलाई ४–० गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT


पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मौरो ईकार्डी र पाब्लो साराबियाले समान एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै साराबियाको गोलमार्फत पीएसजीले खेलमा अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #


७४ औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउने काम गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले पीएसजीलाई ३–० को स्थितीमा पुर्याए । खेलको ईन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए ।

जितसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ । पीएसजीले ६८ अंक जोडेको छ । पछिल्लो हारले डिजोनको रेलिगेशन पिडा थप बल्झिएको छ ।

डिजोन २७ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।