काठमाडौँ– प्रधानमन्त्री देउवाले पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरेका छन् । पुरस्कारको राशि रु एक लाख छ ।


ADVERTISEMENT


पुरस्कार थाप्दै विजयकुमारले कृषण प्रसाद भट्टर्राको नाममा बाढी पीडितको सहयोगार्थ पुरस्कारको केही रकम प्रधानमन्त्री कोषलाई दिने बताए ।  त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कोमल बराललाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि जनही रु ५० हजार छ ।


ADVERTISEMENT

# # #


त्यस्तै ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सीमा सिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ स् पुष्कर थापा (मरणोपरान्त) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार छ ।

कार्यक्रममा ‘स्वतन्त्र सेनानी सम्मान’ हर्ष सुब्बा (सुनसरी), अशोक रौनियार (धनुषा), वसन्त पोखरेल (रूपन्देही) र रामबहादुर केसी (सिन्धुपाल्चोक) लगायत १२ जनालाई प्रदान गरिएको छ ।

सोही अवसरमा पत्रकार महासंघ भारत शाखाले रु ४० हजार र पत्रकार महासंघ काभ्रे शाखाले रु ५० हजार बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । नयाँ नेतृत्वका लागि प्रत्येक तीन/तीन वर्षमा हुने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

यस पटकदेखि दलित र मधेशी सचिव पनि थपिएको महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए। सात प्रदेशसहित काठमाडौँ उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । । महाधिवेशनमा एक हजार ५१५ प्रतिनिधिको सहभागिता हुनेछ । महासंघमा करिब १० हजार पत्रकार आबद्ध छन् । रासस