काठमाडो । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पना सम्म गर्न नसक्ने बताएकी छिन् । आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उनले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरिन् ।


ADVERTISEMENT


‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो,’ हिमालयपोण्टले तपाईं देश छाडेर बेलायत बस्न लागेको खबर आएको छ नि भनेर सोध्दा पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘मेरा लागि सबैभन्दा प्रीय नै यो देश हो म कसरी छाड्न सक्छु ? आफूले कठिन परिस्थितिमा समेत देश नछाडेको औल्याइन् । विरामी हुँदा पनि मर्नुपरे यही देशमा मर्छु भनेर बसेको बताइन् । उनले भनिन्, ‘मर्नुपरे पनि नेपालमै मरौंला ।’


ADVERTISEMENT

# # #


आफूलाई देशले निकै इज्जत र प्रतिष्ठा दिएको उनको भनाई थियो । नेपाल र नेपालीको मायाले आफू क्यान्सर मुक्त भई नयाँ जीवन पाएको बताइन् । उनले भनिन्, ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ । उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु । म उहाँहरुको सेवामा समर्पित भइरहेकी छु ।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताइन् । उनले भनिन्, ‘विश्वको सबैभन्दा सुन्दर देश नेपाल हो र मेरा लागि सबैभन्दा खुशी भएर बाँच्न सक्ने देश नेपाल हो ।’ नेपाल सुन्दर भएपनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उनको भनाई थियो ।