काठमाडौँ – समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्त्तिमाथि प्रश्न उठाएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले आफू, प्रधानमन्त्री ओली लगायतका नेताहरुको सम्पत्तिमाथि छानबिन गरिनु पर्ने माग गरेका हुन् । ‘हिजो हामी साथीहरुले दिएको लुगा लगाएर हिंड्थ्यौँ, साथीहरुले दिएको चप्पल लगाएर हिंड्थ्यौँ ।’ उनले भने, ‘आज हामी कसरी चिल्ला कार चढेर हिंडेका छौँ, कसरी हाम्रा महल छन् ?’


ADVERTISEMENT

# # #


गाउँमा बुकुरा घर भएका नेताहरु काठमाडौँमा कसरी महल जोड्नै हैसियतमा पुगे भन्दै उनले प्रश्न गरे, ‘अस्ति जन्मदिनमा प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो घर देखियो । मेरो पनि गोरखामा त्यो भन्दा अलि राम्रो छ । त्यस्तो बुकुरो घर भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौँमा महल जोड्न हैसियतमा कसरी पुग्यौँ ?’ लाख प्रयत्न गर्दा पनि आफूहरुको देखिने कमाईले बुकुरो घरबाट काठमाडौँमा महल ठडाउन नसकिने उनले बताए ।

‘तपाईं हाम्रो कसैको पनि दृश्यको कमाईले काठमाडौँमा महल बनाउने हैसियत पुग्दैन । यसको छानबिन गरौँ’ उनले भने । दुष्टहरुका कारण नभई समाजमा भएका दृष्टहरुका विरुद्ध लड्न आँट नगर्ने मानिसहरुका कारण संसार संकटग्रस्त रहेको भन्ने वैज्ञानिक अल्बर्ट आइन्सटाइनको भनाई उद्धर्त गर्दै डा. भट्टराईले त्यसतर्फ ध्यान दिन सुझाए ।