काठमाडौँ – नयाँ शक्तिले असन्तुष्ट देवेन्द्र पौडेलसहितका नेतालाई निस्काशन गरेको छ । पार्टी विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई निस्काशन गरेको हो ।


ADVERTISEMENT


संयोजक बाबुराम भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीविरोधी गतिविधि गरेको भन्दै पौडेलसहितका १५ जनालाई पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्कासन गरेको जानकारी गराएका हुन् । निष्कासनमा पर्नेहरुमा नेता पौडेल, वामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार छन् ।


ADVERTISEMENT

# # #


आज मात्र पौडेलको नेतृत्वमा बृहत धुव्रीकरण संयोजन समिति गठन गरेका थिए । केही दिन अगाडि मात्र पौडेलले नयाँ शक्तिको नीति भन्दा बाहिर गएर पत्रकार सम्मेलन गरेको आरोप लागेको थियो ।

पत्रकार सम्मेलन गरेर पौडेलसहितका नेताहरुले बृहत ध्रुविकरणको आह्वान गरेपछि नयाँ शक्तिका संयोजक डा। भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण पत्र बुझाएको केही दिनपछि पौडेलसहितका नेताहरुले औपचारिक ध्रुविकरणका लागि समिति बनाएका थिए ।