काठमाडौँ– राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन कान्छी ओलम्पियन गौरीका सिंहले थप दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।


ADVERTISEMENT


प्रतियोगिताको दोस्रो दिन आज बिहान भएको हिट चरणमा गौरिकाले ५० मिटर र सय मिटर फ्रिस्टाईलको छुट्टाछुट्टै स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा प्रभावशाली प्रर्दशन दोहर्‍याउने क्रममा गौरिकाले ५० मिटर फ्रिस्टाईल २८ दशमलव ०९ सेकेन्डमा पुरा गरिन ।


ADVERTISEMENT

# # #


त्यस्तै सय मिटर फ्रिस्टाईल १ मिनेट ७९ पलमा पुरा गर्दै गौरिकाले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाईन । प्रतियोगिताको पहिलो दिन उनले हिजो २ सय मिटर फ्रिस्टाईल र ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान बनाएकी थिईन । पाँच स्पर्धामा सहभागी गौरिकाले सय मिटर बटरफ्लाईमा खेल्न बाकी छ ।

आजै भएको पुरुष ५० मिटर ब्रेष्ट स्ट्रोकमा सुभव श्रेष्ठले ३२ दशमलव ४० सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरे । पहिलो दिन उनले २ सय मिनेट व्रेष्टमा समेत राष्ट्रिय कीर्तिमान बनाएका थिए ।