एजेन्सी –  युरोपा लिगको नकआउट चरणको पहिलो लेगमा इंग्लिस क्लब उल्भरह्याम्टन वान्डरर्सले स्पान्योलमाथि जित हात पारेको छ ।अन्तिम ३२ को पहिलो लेगमा डिएगो जोटाले ह्याट्रिक गर्दा उल्भ्सले स्पान्योललाई ४-० ले हरायो । यो जितसँगै उल्भसको प्रिक्वार्टर फाइनलमा पुग्ने सम्भावना बढेको छ । उल्भरको मैदानमा भएको खेलमा जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले युरोपा लिगको समूह चरणको अन्तिम खेलमा बेसिक्टासविरुद्ध ह्याट्रिक गरेका थिए ।


ADVERTISEMENT


खेलको १५औं मिनेटमा जोटाले गोल गर्दै उल्भरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा जोटाको गोलको अग्रता कायम रह्यो । ५२ औं मिनेटमा रुबेन नेभेसले गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाए । त्यसपछि ६७ र ८१औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई प्रभावशाली जित दिलाए ।


ADVERTISEMENT

# # #


युरोपा लिगको अर्को दाबेदार टोली इन्टरमिलानले बुल्गेरियाको लुदोगेरेट्सलाई २- ० ले पराजित गर्‍यो । बुल्गेरियामा भएको खेलमा एन्टोनियो कोन्टेको टोलीलाई जीत दिलाउनका लागि क्रिष्टियन इरिक्सन र रोमेलु लुकाकुले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा इरिक्सनले लुकाकुको पासमा गोल गरेका थिए । लउटारो मार्टिनेजको स्थानमा लुकाकु मैदान प्रवेश गरेपछि इन्टरमिलानको खेल सुधारिएको थियो । खेलको अन्तिम समयमा लुकाकुले गोल गर्दा इन्टरमिलानले सहज जित निकाल्यो ।