काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टरमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली सोमबार मात्रै गृहजिल्ला झापामा ५ भन्दा बढी योजना शिलान्यास र उद्घाटन गरेर फर्किएका थिए । अस्पतालका अनुसार समयमै एनजिओग्राफी गरिएकाले अहिले उनी खतरामुक्त रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गएका र केही बेरमा फर्किने बताएका छन् ।

१३ वर्षअघि भारतको दिल्लीमा ट्रान्सप्लान्ट गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिस गरिरहेका छन् ।