काठमाडौं – आगामी फागुन १४ गतेका लागि तोकिएको त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अर्को सूचना नहुँदासम्मका लागि निर्वाचन स्थगित भएको जनाएको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए ।


ADVERTISEMENT

# # #


त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असहमति जनाएको थियो ।

यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १४ गतेसम्म मात्र थप गरिएका थियो ।

उसले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न माग गरेको थियो ।