हेटौंडा — वाग्मती प्रदेशको सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल मन्त्रीमा नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा फुयाँलले बुधबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ।


ADVERTISEMENT

# # #


फुयाँल काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए। केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए।मुख्यमन्त्री पौडेलले पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि फुयाँललाई मन्त्रीमा नियुक्त गरेका हुन्।

अरु मन्त्री भने तत्काल नथपिने मुख्यमन्त्री कार्यालयले जनाएको छ। स्रोतका अनुसार मन्‍त्रीका आकांक्षी धेरै भएपछि मन्‍त्रिपरिषद् विस्तार रोकिएको हो ।

यसअघि संविधानसभाका सदस्य रहेका फुयाँलले पहिलोपटक मन्त्रीको शपथ लिन लागेका हुन् ।