काठमाडौँ – पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको सानेपास्थित निवासमा कामदारबाट हत्या भएको आशंका गरिएको छ ।


ADVERTISEMENT


सोही घरका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको शव घरको तल्लो तलामा फेला परेको थियो । निजले घाँटीमा पासो लगाएको भए पनि डोरी चुँडिएर शव भुईमा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राइले बताए ।


ADVERTISEMENT

# # #


उनले कसले हत्या गर्‍यो भन्ने विषयमा एकिन गर्न सकिने अवस्था नरहेको बताए। उनले भने ‘हामीले शव परीक्षणका लागि अस्पताल पठाएका छौ र घटना स्थलमा विधिविज्ञान टोलीले जाँच गरी रहेको छ ।’

मृतक कार्कीको निवासमा रगतले लतपतिएको र अचेत अवस्थामा फेला परेही थिइन् । प्रहरीले तत्कालै उनलाई उपचारका लागि स्टार अस्पताल पठाएको थियो । तर, डाक्टरले केहीबेरपछि मृतक घोषणा गरेका थिए ।