काठमाडौँ – नेपाली युवा अलराउन्डर कुशल मल्लले आइसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध विश्वकीर्तिमानी अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एकदिवसीयमा डेब्यू गरेका कुशल मल्लले ४९ बलमा ३ छक्का र ४ चौकाको मदतमा ५० रन पूरा गरेका हुन् । यसअघि नेपाली ब्याट्सम्यान रोहित पौडेलको रेकर्ड तोड्दै एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् । १५ वर्ष ३४० दिनमा नै एकदिवसीय अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT

# # #


रोहित पौडेलले क्रिकेट दुनियाँका हस्ती सचिन तेन्दुल्कर र शाहिद अफ्रिदीको रेकर्ड तोड्दै १६ वर्ष १४६ दिनमा यो उपलब्धी हासिल गरेका थिए । तर, कुशलले रोहितकै रेकर्ड तोडेका हुन् ।