काठमाडौँ – नेविसंघका पूर्वअध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर निर्णय गरेको भन्दैं रोस प्रकट गरेको छन् ।


ADVERTISEMENT


तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्दले शाही आयोग बनाएर आफूलाई मननपरेका र विरोधीहरुलाई तह लगाएजस्तै अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियतपूर्ण ढंगबाट सरकारको गोटी बनेको भन्दैं नेता महरले आक्रोश पोखेका छन् ।


ADVERTISEMENT

# # #


‘प्रतिशोधको राजनैतिक संस्कृति विकास गरेर अख्तियार जस्ता स्वतन्त्र अङ्गहरुलाई सरकारको गोटी बनाउन मिल्छ ?’ उनले प्रश्न गरे, ‘कसैलाई फसाउने र कसैलाई बचाउने बदनियत छर्लङ्गै देखिएको छ, यो प्रतिशोध नभएर के हो ?’

मन्त्रीपरिषद्को बैठकमा भएको निर्णयमा दुई प्रधानमन्त्रीद्वय माधव नेपाल, बाबुराम भट्टराई र जग्गा किन्ने पार्टीका महासचिव विष्णु पौडेलका छोरा लगायतलाई छाडेर छानिछानी अख्तियारले कारबाहीको दायरामा भन्दै उनले यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।

क्याविनेट सिष्टममा प्रधानमन्त्रीले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन नसक्ने भन्दै निर्वस्त्र भएर अख्तियार ओली सरकारको ईसारामा नाचेको आरोप नेता महरको छ । ‘अख्तियारको निर्णयले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रजातन्त्रका आधारभूत मान्यताहरुको खिल्ली उडाएको छ । कानुनी राज्यको उपहास भएको छ ।’ नेता महरले अगाडि भने, ‘अन्य सबैजसो व्यक्ति प्रतिवादीका रुपमा प्रस्तुत गरिँदा आखिर मुख्य व्यक्तिलाइ किन बचाइयो त ? आम नागरिकको साझा प्रश्न र आशंका हो यो ।’

यसैबीच, गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको निष्कर्ष निकाल्दैं काँग्रेसका भातृसंस्था नेविसंघ र तरुण दलले अख्तियारको निर्णय विरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

गच्छदारमाथिको निर्णय सच्याउन माग गर्दै आज (शुक्रबार) दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन गरेको छ । यस्तै नेपाल तरुण दलको नेतृत्वमा आगामी आइतबार दिउँसो १ बजे माइतीघरमै प्रदर्शन निर्णय गरिएको छ ।

अख्तियारले बुधबार १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त निर्णयको कांग्रेस सम्बद्ध नेता, कार्यकर्ता, संस्थाले मात्रै नभएर राजनीतिक विश्लेषकहरु र आमजनताले समेत प्रश्न ठडाएका छन् ।