दुधौली – बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा न्युरो लिङ्ग्युष्टिक प्रोगामिङ (एनएलपी)को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


एनएलपी बोर्ड अफ अमेरिकाबाट सर्टिफाईड नेपालका एक मात्र प्रशिक्षक गोविन्द ज्ञवालीले बागमती प्रदेश प्रहरी तालिम केन्द्रको आयोजनामा तालिम केन्द्रका समादेशक एस.एस.पी. सन्दिप भण्डारीको उपस्थितिमा सो प्रशिक्षण दिएका हुन् । कार्यक्रममा तालिम केन्द्रका सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, उन्नत तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरु समेत गरी ५ सय जनाको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


प्रशिक्षणमा मानिसको मस्तिष्कले कसरी काम गर्छ, हरेकले आफूलाई कसरी चिन्ने र अरुलाई समेत चिनेर व्यवहार गर्दै जीवनमा सफल हुने सुत्रलाई आत्मसाथ गर्ने भन्ने बारे प्रशिक्षक ज्ञवालीले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण कार्यक्रमले तालिम केन्द्रका सबै सहभागीहरुलाई काममा पोख्त बनाउँदै देश र जनताको सेवामा अब्बल बन्न सहयोग सिद्ध साबित गरिदिने समादेशक भण्डारीले बताएका छन् । जीवनमा संधै खुसी रहन प्रयत्न गर्नु पर्ने बताउँदै भण्डारीले जीवनलाई चिन्न सकेर सोही अनुसार कर्ममा अघी बढे प्रहरी जवान देखि जो कोही पनि खुसी, सफल हुने बताए ।

एनएलपी प्रशिक्षण कार्यक्रमले प्रहरी सेवाको गुणस्तरलाई अन्तराष्ट्रिय स्तरमा विकास गर्न सम्भव हुने बताउँदै आगामी हरेक महिना यस्ता किसिमका ज्ञानवर्द्धक कार्यक्रमहरुलाई निरन्तरता दिने एस.एस.पी. भण्डारीले उद्‌घोष गरे ।

कार्यक्रममा चलचित्र झोलाका निर्देशक यादव कुमार भट्टराई, हिमालय पोष्टका लोमस चापागाई र मिलन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।