प्रदेश १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले नाटक ‘महाभोज’ यहि माघ २२ र २३ विराटनगरमा मञ्चन गर्न लागेको हो ।


ADVERTISEMENT


अनुप बरालले निर्देशन गरेको उक्त नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, विजय बराल, विप्लव प्रतीकलगायतका कलाकारले अभिनय गरेका छन् ।


ADVERTISEMENT

# # #