काठमाडौँ – लगातार ४१ घण्टासम्म नाचेर दुई नेपाली युवतीले विश्व कीर्तिमान कायम गरेकी छन् । दिदीबहिनी एलिशा श्रेष्ठ र रुबिना श्रेष्ठले लगातार ४१ घण्टा ५ मिनेट युगल नृत्य गरेर कीर्तिमान बनाएकी हुन् । यही विधामा यसअघिको रेकर्ड ३८ घण्टा ३० मिनेट रहेको थियो ।


ADVERTISEMENT


उनीहरुलाई शुक्रबार राष्ट्रपति विद्या भण्डारीले गिनिज बुक अफ वर्ल्ड रेकर्डर्सको प्रमाणपत्र प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले दिदीबहिनीद्वय श्रेष्ठको रेकर्डप्रति खुसी व्यक्त गर्दैै आगामी दिनमा पनि यस्ता कार्यहरुमा निरन्तरता दिन सुझाव दिइन् ।


ADVERTISEMENT

# # #


एलिशा र रुबिनाले २५-२७ मे २०१९ मा उक्त रेकर्ड कायम गरेकी थिइन् ।

काठमाडौँ चन्द्रागिरिका एलिशा र रुबिनालाई सानैदेखि उनीहरुका बुवा सन्तप्रसाद श्रेष्ठले नृत्य सिकाएका थिए ।