काठमाडौँ – न्यूजिल्याण्डले भारतविरुद्धको टी–२० सिरिज अन्तर्गत चौथो खेलमा पनि सुपर ओभरमा पराजय व्यहोरेको छ । पाँच खेलको सिरिजको तेस्रो खेलमा सुपर ओभरमै हारेको न्यूजिल्याण्ड शुक्रबार भएको चौथो खेलमा पनि सुपरओभरमा पराजित भएको हो ।


ADVERTISEMENT


वेलिङटनमा भएको चौथो खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६५ रन जोड्यो। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले पनि ७ विकेटको क्षतिमा १६५ रन नै जोड्यो।


ADVERTISEMENT

# # #


स्कोर बराबरी भएपछि सुपर ओभरमा न्यूजिल्याण्डले १३ रन बनायो । १४ रनको लक्ष्य पच्छ्याएको भारतले एक विकेट गुमाएर ५ बलमा लक्ष्य पूरा गर्दै लगातार चौथो जित हात पार्यो ।

यसअघि न्यूजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो भने ७ विकेट हातमा थियो। तर न्युजिल्यान्डले अन्तिम ओभरमा ४ विकेट गुमाउदा ६ रन मात्र जोड्दा स्कोर बराबर भयो।

सिरिजको अन्तिम तथा पाचौँ खेल आइतबार हुनेछ ।