काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री पण्डितले भ्रमण वर्ष सफल हुन नदिनका लागि एक समूह लागेको र त्यसविरुद्ध सरकार कटिवद्ध भएको बताए । उनले भने, ‘भ्रमण वर्षलाई असफल पार्नको लागि एक खालको समूह लागिपरेको छ । ती समूहलाई रोक्नको लागि सरकार प्रतिबद्ध र कटिबद्ध छ ।’


ADVERTISEMENT

# # #


भ्रमण वर्ष सफल बनाउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिपरेको उनको धारणा छ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार पार्नको लागि त्यहीअनुसार काम गरिरहेको पनि पूर्व मन्त्री पण्डितले विश्वास दिलाए । उनले नेपाल पर्यटनको सम्भावना बोकेको देश भएकोले प्रत्येक नागरिक र सरोकारवालाहरुले भ्रमण वर्षलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट पारे ।

उनले भने,‘नेपाल एउटा सुन्दर मुलुक हो । नेपाल भ्रमणको लागि विश्वमै उपयुक्त गन्तव्य हो भन्ने सन्देश हामीले विश्वभरि नै फैलाउनुपर्छ ।’ उनले भ्रमण वर्ष सफल पार्नको लागि प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेका थिए ।

त्यस्तै, फाउण्डेशनले ब्राण्ड एम्बासडरको रुपमा अघि बढाएका ‘नेपाली माईकल ज्याक्सन’ को उपनामले चिनिने कलाकार रेवन सापकोटाले गरेका कामको समेत पण्डितले प्रशंसा गरेका थिए ।