काठमाडौँ – आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तर सम्म वित्तिय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहने आइएमई डिजिटल सोलुसनले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोही कार्यक्रममा विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भए सँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।

आइएमईको सिइिओ सुमन पोखरेलले बदलिदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहेपनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए ।

त्यसै गरि आइएमई डिजिटल सोलुसन लिमिटेडका सिइिओ विकास कुमार नाहाटाले आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।